सप्तरी- सप्तरीको रूपनी गाउँपालिकाका तीन कर्मचारीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट पालिकाबाट प्रवाह हुने सबै सेवा बन्द भएको छ ।

पछिल्लो पटक कार्यालयका तीन कर्मचारीमा कोरोना पोजिटिभ पुष्टि भएसँगै आइतबारदेखि लागू हुने गरी कार्यालयका सबै काम एक साताका लागि बन्द गरिएको हो ।

कार्यालय सहयोगी दुई र अपरेटर सहायक एक जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।

‘कार्यालयका अन्य कर्मचारी, जनप्रतिनिधिका साथै उनीहरूसँग जोडिएका व्यक्तिमा सम्भावित संक्रमणको जोखिम रहेकाले परीक्षण गराउनुपर्ने हुँदा गाउँपालिकाबाट नागरिकलाई दिइने सबै बन्द गरेका हौँ’, अध्यक्ष यादवले भने ।

कार्यालय बन्द रहेपनि अतिआवश्यक काम भने प्रभावित नहुने उनले बताए ।

यसअघि वडा- ४ का वडा अध्यक्षमा संक्रमण देखिएको थियो । वडा अध्यक्षकी छोरी, वडा- १ सदस्य, गाउँपालिकाका आईटी इन्जिनियरकी भाउजू, तीन दिनअघि मृत्यु भएका तेह्रथुममा कार्यरत गाउँपालिका वडा- १ का सबइन्जिनियरकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साभारः टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय