document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1472;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- सप्तरीको रूपनी गाउँपालिकाका तीन कर्मचारीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट पालिकाबाट प्रवाह हुने सबै सेवा बन्द भएको छ ।
पछिल्लो पटक कार्यालयका तीन कर्मचारीमा कोरोना पोजिटिभ पुष्टि भएसँगै आइतबारदेखि लागू हुने गरी कार्यालयका सबै काम एक साताका लागि बन्द गरिएको हो ।
कार्यालय सहयोगी दुई र अपरेटर सहायक एक जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिए ।
‘कार्यालयका अन्य कर्मचारी, जनप्रतिनिधिका साथै उनीहरूसँग जोडिएका व्यक्तिमा सम्भावित संक्रमणको जोखिम रहेकाले परीक्षण गराउनुपर्ने हुँदा गाउँपालिकाबाट नागरिकलाई दिइने सबै बन्द गरेका हौँ’, अध्यक्ष यादवले भने ।
कार्यालय बन्द रहेपनि अतिआवश्यक काम भने प्रभावित नहुने उनले बताए ।
यसअघि वडा- ४ का वडा अध्यक्षमा संक्रमण देखिएको थियो । वडा अध्यक्षकी छोरी, वडा- १ सदस्य, गाउँपालिकाका आईटी इन्जिनियरकी भाउजू, तीन दिनअघि मृत्यु भएका तेह्रथुममा कार्यरत गाउँपालिका वडा- १ का सबइन्जिनियरकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
साभारः टुडेपाटी









