विशेष रिपोर्ट

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक नियुक्त भएको आरोपमा मुद्दा दायर

आयोगले मोरङको ग्रामथान गाउँपालिका–५ स्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयका निम्न माध्यमिक तह (गणित) राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।
[sharethis-inline-buttons]
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक नियुक्त भएको आरोपमा मुद्दा दायर
✦ News Summary Generated by Sanchar Bureau AI. Editorially reviewed.
मोरङका एक राहत शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ग्रामथान गाउँपालिका–५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयका शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध आरोपपत्र दायर गरिएको हो।
उनले २०६३ असार १५ गतेदेखि नियुक्ति पाउन भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डको नक्कली आईएस्सी प्रमाणपत्र पेस गरेको आरोप छ।
आयोगको अनुसन्धानबाट उक्त शैक्षिक प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको पाइएको जनाएको छ।
658
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा मोरङका एक शिक्षकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।   

आयोगले मोरङको ग्रामथान गाउँपालिका–५ स्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयका निम्न माध्यमिक तह (गणित) राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारूविरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। 

आयोगका प्रवक्ता सुरेश न्यौपानेले विश्वासले विसं २०६३ असार १५ गतेदेखि उक्त विद्यालयमा नियुक्ति पाउनका लागि भारतको ‘बिहार स्कुल एक्जामिनेसन बोर्ड’ बाट जारी भएको भनिएको आईएस्सी तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानका क्रममा पाइएको बताए ।

नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहदा प्राप्त गरेको पुष्टि हुन आएकाले विश्वासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजायको मागदाबी लिई आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर