विशेष रिपोर्ट

धनुषामा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक उदय शम्शेर जबराका अनुसार प्रदेश २–०२–००१ख ०१७१ नम्बरको टिपरबाट क्रसर उद्योगमा ग्रावेल अनलोड गर्ने क्रममा टिपर अनियन्त्रित भएर पल्टिएको थियो । टिपर पल्टिँदा त्यसमा परेका महतोलाई जेसिबीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
[sharethis-inline-buttons]
धनुषामा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु
664
Shares

धनुषा— धनुषामा ग्रावेल अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ ।

मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा बिहीबार बिहान भएको दुर्घटनामा स्थानीय ३६ वर्षीय हरि महतोको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक उदय शम्शेर जबराका अनुसार प्रदेश २–०२–००१ख ०१७१ नम्बरको टिपरबाट क्रसर उद्योगमा ग्रावेल अनलोड गर्ने क्रममा टिपर अनियन्त्रित भएर पल्टिएको थियो । टिपर पल्टिँदा त्यसमा परेका महतोलाई जेसिबीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा टिपर चालकसमेत गम्भीर घाइते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको र उपचार भइरहेको प्रहरी निरीक्षक जबराले जानकारी दिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर