विशेष रिपोर्ट

संसदीय इतिहासमा नयाँ रेकर्डः तीन सांसदले पहिलो पटक मगही भाषामा लिए शपथ

Summary सिंहदरबारस्थित संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महोत्तरी—१ बाट निर्वाचित प्रमोदकुमार महतो, धनुषा—४ बाट निर्वाचित रास्वपाकै राजकिशोर महतो र नेपाली कम्युनिस्ट […]
[sharethis-inline-buttons]
संसदीय इतिहासमा नयाँ रेकर्डः तीन सांसदले पहिलो पटक मगही भाषामा लिए शपथ

Summary

सिंहदरबारस्थित संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महोत्तरी—१ बाट निर्वाचित प्रमोदकुमार महतो, धनुषा—४ बाट निर्वाचित रास्वपाकै राजकिशोर महतो र नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक सांसद् जोग कुमार यादव(श्रवण बरबरिया)ले मगही भाषामा शपथ ग्रहण गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

657
Shares

धनुषा— नेपालको संसदीय इतिहासमा पहिलो पटक मगही भाषामा शपथ लिने नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतिनिधिसभाका तीन सांसदले आफ्नो मातृभाषा मगहीमा शपथ ग्रहण गर्दै संसदमा भाषिक विविधताको नयाँ आयाम थपेका छन् ।

सिंहदरबारस्थित संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महोत्तरी—१ बाट निर्वाचित प्रमोदकुमार महतो, धनुषा—४ बाट निर्वाचित रास्वपाकै राजकिशोर महतो र नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक सांसद् जोग कुमार यादव(श्रवण बरबरिया)ले मगही भाषामा शपथ ग्रहण गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

ती सांसदहरूले संविधानले सुनिश्चित गरेको मातृभाषामा शपथ लिने अधिकार प्रयोग गर्दै मगही भाषामा शपथ लिएको प्रतिक्रिया दिएका छन् । यसअघि प्रायः नेपाली भाषामै शपथ लिने परम्परा रहे पनि पछिल्लो समय विभिन्न भाषाको प्रयोग बढ्दै गएको छ ।

धनुषा—४ बाट निर्वाचित राजकिशोर महतोले आफूहरूको पहिचान र भाषिक अधिकारको सम्मानका लागि मगही भाषामा शपथ लिएको बताएका छन् । उनले संसदजस्तो उच्च निकायमा मातृभाषाको प्रयोगले समावेशिता र विविधताको सन्देश दिने विश्वास व्यक्त गरे ।

संविधानले प्रत्येक नागरिकलाई आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने अधिकार दिएको छ । सोही प्रावधानअनुसार सांसदहरूले आ–आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरिएको छ ।

संसदमा विभिन्न भाषाको प्रयोगले मुलुकको बहुभाषिक चरित्रलाई झल्काउने मात्र नभई समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने भाषाविद्हरू बताउँछन् ।

यसअघि मधेश प्रदेशमा तत्कालिन प्रदेश सभा सदस्य भरतप्रसाद साहले मगही भाषामा शपथ लिएको इतिहास छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर