विशेष रिपोर्ट

धनुषा–४ मा एमालेबाट रघुवीर महासेठको एकल नाम सिफारिस

657 Shares जनकपुरधाम— आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको […]
[sharethis-inline-buttons]
धनुषा–४ मा एमालेबाट रघुवीर महासेठको एकल नाम सिफारिस
657
Shares

जनकपुरधाम— आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको नाम एकल रूपमा सिफारिस गरेको छ ।

धनुषा जिल्ला अध्यक्ष भोला यादवका अनुसार शनिबार क्षेत्रीय कमिटीको बैठकले महासेठको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

महासेठ यसअघि २०६४, २०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसकेका छन् । 

यता, महासेठकी पत्नी जुलीकुमारी महतो भने धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेको एकल सिफारिसमा परेकी छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर