जनकपुरधाम— आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको नाम एकल रूपमा सिफारिस गरेको छ ।
धनुषा जिल्ला अध्यक्ष भोला यादवका अनुसार शनिबार क्षेत्रीय कमिटीको बैठकले महासेठको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
महासेठ यसअघि २०६४, २०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भइसकेका छन् ।
यता, महासेठकी पत्नी जुलीकुमारी महतो भने धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेको एकल सिफारिसमा परेकी छन् ।










