विशेष रिपोर्ट

मधेस प्रदेशमा एक लाख नयाँ मतदाता थपिए

657 Shares जनकपुरधाम— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका भएका छन् । मधेस प्रदेशका ८ […]
[sharethis-inline-buttons]
मधेस प्रदेशमा एक लाख नयाँ मतदाता थपिए
657
Shares

जनकपुरधाम— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका भएका छन् ।

मधेस प्रदेशका ८ वटै जिल्लामा अवस्थित जिल्ला निर्वाचन कार्यालयमा १ लाख १ सय ८५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

राष्ट्रिय परिचयपत्रका आधारमा धनुषामा विवरण भर्नेहरूको सङ्ख्या २० हजार ८ सय ९९ पुगेको छ ।

सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार सोमध्ये ९ हजार १३७ जनाले कार्यालयमार्फत तथा २ हजार २९० जनाले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका हुन् ।

रौतहटमा १६ हजार ८७७ जनाले नयाँ मतदाता नाम दर्ता गरेका छन् । अन्य जिल्लाको विवरण भने बाँकी रहेको राउतले बताएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर