जनकपुरधाम— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका भएका छन् ।
मधेस प्रदेशका ८ वटै जिल्लामा अवस्थित जिल्ला निर्वाचन कार्यालयमा १ लाख १ सय ८५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
राष्ट्रिय परिचयपत्रका आधारमा धनुषामा विवरण भर्नेहरूको सङ्ख्या २० हजार ८ सय ९९ पुगेको छ ।
सिरहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार सोमध्ये ९ हजार १३७ जनाले कार्यालयमार्फत तथा २ हजार २९० जनाले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका हुन् ।
रौतहटमा १६ हजार ८७७ जनाले नयाँ मतदाता नाम दर्ता गरेका छन् । अन्य जिल्लाको विवरण भने बाँकी रहेको राउतले बताएका छन् ।










