विशेष रिपोर्ट

इँटाभट्टामा अलपत्र परेका भारतीय मजदुर र बालबालिकाको उद्धार

​भारतीय ठेकेदारमार्फत मजदुरीका लागि नेपाल आएका उनीहरु काम गर्ने सिलसिलामा अलपत्र परेको सूचना पाएपछि जिल्ला र इलाका प्रहरी लक्ष्मीनियाँ विजयपुरको संयुक्त टोली परिचालन गरिएको थियो ।
[sharethis-inline-buttons]
इँटाभट्टामा अलपत्र परेका भारतीय मजदुर र बालबालिकाको उद्धार
657
Shares

​रौतहट— राैतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित मह्मद मुजामिलले सञ्चालन गरेको मदिना इँटाभट्टामा काम गर्न ल्याइ ठेकेदार सम्पर्कविहीन भए पछि अलपत्र परेका ४२ भारतीय मजदुर र उनीहरुका परिवारलाई नेपाल प्रहरीले सोमबार उद्धार गरी स्वदेश फर्काएको छ ।

​भारतीय ठेकेदारमार्फत मजदुरीका लागि नेपाल आएका उनीहरु काम गर्ने सिलसिलामा अलपत्र परेको सूचना पाएपछि जिल्ला र इलाका प्रहरी लक्ष्मीनियाँ विजयपुरको संयुक्त टोली परिचालन गरिएको थियो । 

प्रहरीले १२ पुरुष, ११ महिला, १० बालक र ९ जना बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी गौरले जानकारी दिएको छ ।  हरिनगर गाउँबाट ५ किलोमिटर पूर्व-दक्षिण पर्ने इँटाभट्टाबाट उनीहरुलाई उद्धार गरिएको हो ।

​उद्धार गरिएका सबैलाई बसमा राखेर गौर भन्सार पठाइएको थियो। भन्सार सुरक्षा गार्डको समन्वयमा उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)का बर्गेनियास्थित अधिकारीहरुको जिम्मा लगाएको जिल्ला प्रहरीका डिएसपी वसन्त गौतमले बताए । मजदुरहरुलाई अलपत्र छोडेर फरार भएका भारतीय ठेकेदारको खोजी भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर