काठमाडौं— नेपाल सरकारले मधेशका कलाकार तथा कला क्षेत्रका सक्रिय व्यक्तित्व हरिओम मेहता कोइरीलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ५ को उपदफा (१) बमोजिम गठित समितिको सिफारिस तथा सोही ऐनको दफा ७ को उपदफा (२) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको २०८३ वैशाख १९ गतेको निर्णयअनुसार कोइरीलाई प्राज्ञसभा सदस्यमा मनोनीत गरिएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवद्वारा जारी नियुक्तिपत्रमा कोइरीलाई प्राज्ञसभा सदस्यमा मनोनीत गरिएको उल्लेख छ । पत्रमा उनको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरिएको छ ।

कोइरीको नियुक्तिसँगै मधेशबाट ललितकला क्षेत्रको प्रतिनिधित्व प्राज्ञसभामा थप बलियो हुने अपेक्षा गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशभरका ललितकलाको संरक्षण, प्रवर्द्धन र विकासका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip