बिराटनगर — मगही भाषा, कला, साहित्य र संस्कृति’ पुस्तकको विमोचन तथा सम्मान समारोह २०८३ भव्य रूपमा सम्पन्न भएको छ । भाषा संस्कृति प्रतिष्ठान, विराटनगरका अध्यक्ष जयप्रकाश महतोको अध्यक्षता तथा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतो प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरी माननीय जयप्रकाश चौधरी, माननीय गीतारानी महतो, साहित्यकार खेम नेपाली, पूर्व एसपी रामकुमार सिंह दनुवार तथा विभिन्न जातीय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अवसरमा मगही भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विकासमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै प्रोफेसर डा. बाबुराम तिमल्सिना, प्रोफेसर डा. रामलाल सुतिहार, प्रोफेसर महेन्द्र नारायण यादव तथा पूर्व प्रबन्धक सूर्यनाथ प्रसाद सिंहलाई सम्मान गरिएको थियो।गोग्राहा माध्यमिक विद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा जयप्रकाश महतोद्वारा लिखित मगही संस्कृति संस्कार नामको पुस्तक बिमोचन प्रमुख अतिथि तथा बिशिस्ट अतिथिले गरेका हुन् ।

कार्यक्रममा फल अभियानी तथा पत्रकार श्यामसुन्दर सुतिहार, रजनिकान्त कामत, सदानन्द कामत, विष्णुप्रसाद महतो, ज्ञानेन्द्र प्रसाद शाह, राजकुमार सरवरिया, सत्यनारायण साह लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip