धनुषा— सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक भीम विष्टका अनुसार जिल्लाका सीमावर्ती तथा विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष निगरानी तथा जाँच अभियानका क्रममा सो सरसामान बरामद गरिएको हो । बरामद गरिएका सामग्रीमा कपडाजन्य वस्तु, किराना सामान तथा अन्य दैनिक उपभोग्य सामग्री रहेको जानकारी दिए ।

भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशङ्कामा ती सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र सम्बन्धित निकायको संयुक्त टोलीले विभिन्न स्थानमा छापा तथा निगरानी बढाएपछि अवैध रूपमा भित्र्याइएका सामग्री फेला परेको जनाइएको छ ।

बरामद गरिएका सामान आवश्यक कारबाही तथा राजस्व अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip