धनुषा – धनुषाको वीरेन्द्रबजारमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धारापानी धनुषाकाे आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
भरतपुर स्वास्थ्य चौकी बिरेन्द्रबजारकाे प्राङ्गणमा शाखा प्रबन्धक मणिराज चेम्जोङको अध्यक्षता तथा गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख तुलसा कुमारी पाण्डेकाे प्रमुख आतिथ्यमा उक्त शिविरको आयोजना गरिएको थियो ।

रेयुकाई आँखा अस्पताल ढल्केबरको समन्वयमा सञ्चालित उक्त शिविरमा २५७ जना लाभान्वित भएको शाखा प्रबन्धक चेम्जोङले जानकारी दिए । शिविरमा आवश्यकता अनुसार औषधि र चस्मा समेत वितरण गरिएको उनले बताए ।
शिविरबाट ३५ जनालाई अप्रेशनकाे लागि सिफारिस गरिएको शाखा प्रबन्धक चेम्जोङले जनाए ।

शिविरमा गणेशमान चारनाथ नगरपालिका वडा नं ४ का वडाध्यक्ष सोमबहादुर आले मगर, इलाका प्रहरी चौकी भरतपुरको हवल्दार मिन बहादुर नेपाली,भरतपुर स्वास्थ्य चौकीको प्रमुख जय कुमार गोइतलगायत यसै संस्थाको इलाका प्रबन्धक चन्द्र ब थापा, क्लस्टर क को प्रमुख सुरेन्द्र कार्की, क्लस्टर ग को प्रमुख भुवन उपाध्यायकाे उपस्थिती रहेको थियो ।











