फुलगेन मगही

धनुषा— नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति ढल्केवरको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार ढल्केवरमा संघका ढल्केवर इकाई अध्यक्ष राजेन्द्र महतोको अध्यक्षता तथा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनका केन्द्रिय उपाध्यक्ष उत्तम चौधरी थारुको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले लेखापढी कानून व्यवसायीहरूलाई समयअनुकूल दक्षता अभिवृद्धि गर्दै सेवामुखी बन्न आग्रह गरे । ‘लेखापढी व्यवसाय केवल कागजी काममा सीमित नभई सेवाग्राहीको अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण पेशा हो । यसलाई मर्यादित, पारदर्शी र विश्वासिलो बनाउन सबै व्यवसायी एकताबद्ध भएर अघि बढ्न आवश्यक छ,’ उनले भने ।

उपाध्यक्ष थारुले राज्यका विभिन्न निकायसँग समन्वय गरेर पेशाको गरिमा बढाउनेतर्फ सबै लाग्नुपर्ने धारणा व्यक्त गरे ।

साधारणसभामा संगठनको गतिविधि समीक्षा, आगामी कार्ययोजना तथा व्यवसायीहरूको हकहितका विषयमा छलफल गरिएको लेखापढी व्यवसायी चुल्हाई महतोले बताए ।

ईकाइ सचिव विष्णुदेव यादवले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथि संघका केन्द्रिय सदस्य प्रेमनाथ योगी, मधेश प्रदेश संयोजक रितलाल महतो, मालपोत कार्यालय जनकपुर इकाई समितिका अध्यक्ष चन्देश्वर ठाकुरलगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लेखापढी व्यवसायीहरू तथा कानून व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय