विशेष रिपोर्ट

धनुषा–४ मा युवा इन्जिनियर संजय महतोप्रति बढ्दो जनलहर

0 Shares धनुषा— धनुषा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार युवा इन्जिनियर संजय कुमार महतोप्रति पछिल्ला दिनमा जनआकर्षण उल्लेखनीय […]
[sharethis-inline-buttons]
धनुषा–४ मा युवा इन्जिनियर संजय महतोप्रति बढ्दो जनलहर
657
Shares

धनुषा— धनुषा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार युवा इन्जिनियर संजय कुमार महतोप्रति पछिल्ला दिनमा जनआकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । विशेषगरी युवापुस्तामाझ ‘जेनजी’ भावनाअनुसार नयाँ सोच र व्यवहारिक योजनासहित अघि बढेको उम्मेदवारका रूपमा उनलाई हेरिएको छ ।

घरदैलो अभियान, साना अन्तरक्रिया र डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत महतोले आफूलाई परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले प्रस्तुत गरेका छन् । विकास, पारदर्शिता र नीतिगत सुधारलाई केन्द्रीय एजेन्डा बनाउँदै उनले चुनावी बहसलाई मुद्दामुखी बनाउने प्रयास गरेका छन् ।

उनको प्रमुख प्राथमिकतामा कृषि क्षेत्र परेको छ । किसानका समस्या नीतिगत तहबाट समाधान गर्ने आफ्नो सपना रहेको बताउँदै उनले उत्पादन लागतअनुसार मूल्य सुनिश्चितता, मल–बीउको समयमै उपलब्धता, सिँचाइ पूर्वाधार विस्तार, कृषि बीमाको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थित बजारीकरण प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । धनुषा–४ जस्तो कृषि सम्भावना बोकेको क्षेत्रमा दीर्घकालीन नीति हस्तक्षेप आवश्यक रहेको उनको तर्क छ ।

महतोले कृषि मात्र होइन, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई पनि समान रूपमा प्राथमिकतामा राखेका छन् । शिक्षामा गुणस्तर सुधार र प्राविधिक शिक्षाको विस्तार, स्वास्थ्य सेवामा पहुँच र पूर्वाधार सुदृढीकरण, पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा नीतिगत तहबाट पहल गर्ने उनको योजना छ ।

राजनीतिमा पुस्तान्तरणको बहस चुलिरहेका बेला युवा इन्जिनियरको उम्मेदवारीलाई धेरैले परिवर्तनको संकेतका रूपमा लिएका छन् । चुनावी परिणाम मतपेटिकाले तय गर्ने भए पनि धनुषा–४ मा महतोको सक्रियता र मुद्दामुखी प्रस्तुतीकरणले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । किसानकेन्द्रित एजेन्डा र युवामैत्री दृष्टिकोणको संयोजनले उनको उम्मेदवारी यसपटक विशेष चासोको विषय बनेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर