विशेष रिपोर्ट

धनुषामा एमालेका निवर्तमान वडा कमिटी अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता नेकपा प्रवेश

0 Shares ढल्केवर— नेकपा एमालेका निवर्तमान वडाकमिटी अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । एमालेका बटेश्वर गाउँपालिका वडा नं १ का […]
[sharethis-inline-buttons]
धनुषामा एमालेका निवर्तमान वडा कमिटी अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता नेकपा प्रवेश
657
Shares

ढल्केवर— नेकपा एमालेका निवर्तमान वडाकमिटी अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । एमालेका बटेश्वर गाउँपालिका वडा नं १ का निवर्तमान वडाकमिटी अध्यक्ष रामप्रताप महतोसहित एक दर्जन नेता कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।

मंगलबार नवप्रवेशीहरुलाई नेकपाका धनुषा क्षेत्र नं ४ का उम्मेदवार ई. संजय कुमार महतोले पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्दै रामप्रताप महतोले एमालेमा तानाशाह हावी रहेको आरोप लगाए । उनले अबको एक मात्र विकल्प र जनताको भरोसा नेपाली कम्युनिष्ट पार्टीमाथि रहेको जिकिर गरे ।

यस क्षेत्रमा नेकपाले अघि सारेको समय र जनताले खोजेकै जस्तो सबैभन्दा युवा, शिक्षित र नयाँ उम्मेदवारले आफू प्रभावित भएको महतोले बताए । उनले एमालेभित्र व्यापक असन्तुष्टि रहेको दावी गर्दै त्यस्ता सबै मत नेकपामा आउने खुलाए ।

महतोसहित विभिन्न पार्टी परित्याग गरी दर्जन बढी नेता कार्यकर्ता पार्टीमा भित्रिएको नेकपाका युवा नेता संजिव कुमार सिंहले बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर