विशेष रिपोर्ट

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत र आठौँ सेमेस्टरको विदाई

657 Shares सर्लाही— सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसले सूचना तथा प्राविधिक शिक्षा (BICTE) अन्तर्गत पहिलो सेमेस्टरका विद्यार्थीहरूको स्वागत र आठौँ सेमेस्टरका विद्यार्थीहरूको विदाई कार्यक्रम […]
[sharethis-inline-buttons]
जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत र आठौँ सेमेस्टरको विदाई
657
Shares
  • विपुल कुशवाहा

सर्लाही— सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसले सूचना तथा प्राविधिक शिक्षा (BICTE) अन्तर्गत पहिलो सेमेस्टरका विद्यार्थीहरूको स्वागत र आठौँ सेमेस्टरका विद्यार्थीहरूको विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले गरेका थिए भने क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपक अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। व्यवस्थापन समिति उपाध्यक्ष कमलप्रसाद पौडेल विशिष्ट अतिथि थिए।

कार्यक्रममा क्याम्पस सहायक प्रमुख तथा BICTE प्रमुख शिवहरी नेपाल, सहायक प्रमुख नारदबहादुर थामी, प्राध्यापक कर्मचारी सङ्घका सभापति भुवन काफ्ले, स्वतन्त्र विद्यार्थी युनियनका सभापति समिर सिंह, स्टुडेन्ट क्वालिटी सर्कल संयोजक एकता लामिछाने, लेखा प्रमुख सुशान्त घिमिरेलगायत शिक्षक–कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो। BICTE अन्तर्गत पहिलोदेखि आठौँ सेमेस्टरसम्मका सबै विद्यार्थीहरूको सक्रिय सहभागिता पनि देखिन्थ्यो।

कार्यक्रमको सुरुवातमा स्टुडेन्ट क्वालिटी सर्कल संयोजक एकता लामिछानेले स्वागत मन्तव्य राख्दै नयाँ आउने र विदाई हुने दुवै समूहका विद्यार्थीहरूलाई शुभकामना दिइन्।

मन्तव्यका क्रममा शिक्षक हरिनारायण शाहले अहिलेको समयमा प्राविधिक शिक्षाको महत्व झन् बढ्दै गएको बताए। BICTE प्रमुख शिवहरी नेपालले सफल जीवनका लागि पढाइसँगै अनुशासन पनि उत्तिकै जरुरी रहेको बताए। क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले क्याम्पसले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए।

कार्यक्रमको उद्घोषण विपुल कुशवाहाले गरेका थिए। स्वागत तथा विदाई कार्यक्रमले विद्यार्थीहरूलाई उत्साहित बनाउनुका साथै प्राविधिक शिक्षाप्रति थप प्रेरणा दिएको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर