विशेष रिपोर्ट

विद्यालयको शैक्षिक सुधारका लागि युवाको नेतृत्वमा व्यवस्थापन समिति गठन

657 Shares धनुषा— विद्यालयलाई व्यवस्थित बनाउँदै पठन–पाठनलाई गुणस्तरीय बनाउने उद्देश्यका साथ धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय विजयपुरमा युवाको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन […]
[sharethis-inline-buttons]
विद्यालयको शैक्षिक सुधारका लागि युवाको नेतृत्वमा व्यवस्थापन समिति गठन
657
Shares
  • फुलगेन मगही

धनुषा— विद्यालयलाई व्यवस्थित बनाउँदै पठन–पाठनलाई गुणस्तरीय बनाउने उद्देश्यका साथ धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय विजयपुरमा युवाको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

बिहिबार सम्पन्न अभिभावक तथा सरोकारवालाको भेलाबाट विमलेश कुमार महतोको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गरिएको हो ।

समितिमा जयनारायण महतो, रामसोगारथ महतो, अनितादेवी महतो, आशादेवी महतो र कृष्णी देवी महतो सदस्य रहेका छन् । यस्तै, शिक्षक प्रतिनिधिका रूपमा मनोहर महतो रहेका छन् भने बटेश्वर गाउँपालिका–१ का वडाध्यक्ष अशोक कुमार महतो पनि समितिको सदस्यमा समेटिएका छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक श्री नारायण साह रहेका छन् ।

नवगठित समितिले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार, शिक्षक–विद्यार्थीबीचको सम्बन्ध सुदृढीकरण, नियमित पठन–पाठनको सुनिश्चितता र अभिभावक सहभागिता बढाउने लक्ष्य लिएको जनाएको छ । युवाको नेतृत्वमा समिति गठन भएकाले विद्यालयको समग्र विकासमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।

स्थानीय अभिभावक तथा सरोकारवालाहरूले नयाँ व्यवस्थापन समितिप्रति विश्वास व्यक्त गर्दै विद्यालयको गुणस्तर अभिवृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर