विशेष रिपोर्ट

कतारमा १३ नेपालीलाई आममाफी, नेपालद्वारा आभार प्रकट

657 Shares काठमाडौँ— कतार सरकारले त्यहाँ कैद सजाय भाेगिरहेका १३ नेपाली नागरिकलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र […]
[sharethis-inline-buttons]
कतारमा १३ नेपालीलाई आममाफी, नेपालद्वारा आभार प्रकट
657
Shares

काठमाडौँ— कतार सरकारले त्यहाँ कैद सजाय भाेगिरहेका १३ नेपाली नागरिकलाई आममाफी दिएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कतार सरकारले १३ नेपाली कैदीलाई आममाफी दिएकाप्रति कतार सरकारप्रति आभार प्रकट गरेको छ ।

मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको यो आममाफीलाई नेपाल–कतारबीच विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको गहिरो अभिव्यक्तिका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोगलाई अझ सुदृढ बनाउने अपेक्षा मन्त्रालयको छ । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर