जनकपुरधाम – मधेस प्रदेश सरकारले विवाहपञ्चमी महोत्सवको अवसरमा भोलि प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भोलि प्रदेशभर सार्वजनिक बिदा रहेको जनाएको छ ।
एक सातासम्म मनाइने विवाह महोत्सवअन्तर्गत मुख्य दिन भोलि स्वम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको छ ।








