विशेष रिपोर्ट

नेपाली युवा सचिनलाई भारतमा ‘डा. कलाम युथ रत्न अवार्ड’

657 Shares जनकपुरधाम— नेपालका वातावरण तथा वन्यजन्तु संरक्षणकर्मी सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित ‘डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिएको छ । भारतको जयपुरस्थित राजस्थान अन्तर्राष्ट्रिय […]
[sharethis-inline-buttons]
नेपाली युवा सचिनलाई भारतमा ‘डा. कलाम युथ रत्न अवार्ड’
657
Shares

जनकपुरधाम— नेपालका वातावरण तथा वन्यजन्तु संरक्षणकर्मी सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित ‘डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिएको छ ।

भारतको जयपुरस्थित राजस्थान अन्तर्राष्ट्रिय केन्द्रमा आयोजना गरिएको ‘कलाम युथ लिडरशीप कन्फरेन्स–२०२५’ मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनाका बासिन्दा सिंह वातावरण विज्ञानका विद्यार्थी हुन् । अध्ययनसँगै व्यावहारिक अनुभवलाई जोड्दै उनी मिथिला वाइल्डलाइफ ट्रस्टका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।

ट्रस्टको नेतृत्व गर्दै सिंहले तराई क्षेत्रका सामुदायिक वन, जैविक विविधता संरक्षण तथा स्थानीयस्तरमा वातावरणीय चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिएका छन् ।

सन् २०१८ देखि निरन्तर रूपमा उनले वातावरण, वन्यजन्तु संरक्षण तथा जलवायु परिवर्तनबारे चेतना फैलाउने, नीतिगत पहल गर्ने र संरक्षण अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर