विशेष रिपोर्ट

कल्याणपुरका मेयर घुस रकमसहित अख्तियारको फन्दामा

657 Shares सिरहा— सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।  सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना […]
[sharethis-inline-buttons]
कल्याणपुरका मेयर घुस रकमसहित अख्तियारको फन्दामा
657
Shares

सिरहा— सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। 

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धान आयोगका अनुसार साहलाई मंगलबार कल्याणपुर नगरपालिका कार्यालय परिसरबाटै सेवाग्राहीसँग नगद घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बर्दिबासस्थित आयोगको कार्यालयमा लगिएको छ।

साह नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख हुन्।  

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर