विशेष रिपोर्ट

प्रतिपक्षी दललाई पेलेर मधेश सरकारको बजेट पारित

657 Shares जनकपुरधाम— प्रतिपक्षी दललाई पेलेर मधेश प्रदेश सरकारको बजेट पारित भएको छ । मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ । सदनमा […]
[sharethis-inline-buttons]
प्रतिपक्षी दललाई पेलेर मधेश सरकारको बजेट पारित
657
Shares

जनकपुरधाम— प्रतिपक्षी दललाई पेलेर मधेश प्रदेश सरकारको बजेट पारित भएको छ । मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ । सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरूले  बजेट बहुमतले पारित गरेका हुन् ।

फास्ट ट्र्याकबाट मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३को विनियोजन विधेयक पारित भएको हो । बजेटको सरकारले सांसदलाई उपलब्ध गराएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको छ ।

आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले सोमबार बिहान कार्यदल र बैठक समेत बहिष्कार गरी निस्केका थिए । विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार हुने समेत बताएका थिए ।

त्यसपछि सत्ता दलका सांसदहरूको उपस्थितिमा चलेको सदनले संशोधन प्रस्तावको समय दिए पनि कसैले दर्ता गराएनन् । गत १ असारमा अर्थमन्त्री सुनिल यादवले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१  हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

सदनमा बजेट बारेको छलफलमा कतिपय सत्ताघटक सांसदहरू नै त्रुटिपूर्ण रहेको गुनासो गरेका थिए । लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले बजेटको २९४ पाना गायब गरेर समर्थनको आधारमा सबै सांसदलाई गुलाम बनाएको टिप्पणी गरेका थिए ।

यस्तै कांग्रेसका सांसद वीरेन्द्र सिंहले विगतमा ५० लाखभन्दा कमको बजेट नल्याउने बाचा गरेको सरकार र सांसद ५ लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख नदेखाउने बनाएको बताएका थिए ।

‘पीएलएमआईबीएसमा योजना इन्ट्री गर्दा र हटाउँदा कम शून्य र कम बजेट भएका योजना विगतमामा रेडबुकमा ल्याइँदैन । यसपटक पनि त्यही भएको हो’ मुख्यमन्त्री सतिशकुमार सिंहले भने ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर