काठमाडौँ— वर्षा र बाढीका कारण विभिन्न क्षेत्रमा उत्पन्न भइरहेका मौसमजन्य विपद्को जोखिमप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार तथा राहत कार्यका लागि सरकार उच्च सतर्कतामा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार फेसबुकमार्फत जानकारी दिँदै भने, ‘सरकारले विपद् व्यवस्थापन विभागलाई ुहाई एलर्टुमा राखेको छ। सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरणसहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन् ।’
उनले विपद् सम्भावित क्षेत्रहरूमा खटिएका सुरक्षा निकायहरूसँग समन्वय गर्न सबैलाई आग्रह गर्दै सम्बन्धित सम्पर्क नम्बरहरू सार्वजनिक भइसकेको जनाएका छन् ।










