विशेष रिपोर्ट

नम्बर नखुलेको गाडीको ठक्करबाट ढल्केवरमा एकजनाको मृत्यु

657 Shares ढल्केवर— धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका–६ का अन्दाजी ५५ बर्षीय बिन्देश्वर महरा रहेको […]
[sharethis-inline-buttons]
नम्बर नखुलेको गाडीको ठक्करबाट ढल्केवरमा एकजनाको मृत्यु
657
Shares

ढल्केवर— धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका–६ का अन्दाजी ५५ बर्षीय बिन्देश्वर महरा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

शुक्रवार राति ढल्केवर–जनकपुर खण्ड अन्तर्गत मिथिला नगरपालिका–६ ढल्केवरमा जनकपुरतर्फ गइरहेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा महरा गम्भिर घाइते भएका थिए । उनलाई थप उपचारका लागि लालगढस्थित मोडल हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरी निरीक्षक यादवले बताए ।

उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । ‘ठक्कर दिने गाडीको एकिन भइसकेको छैन । शंकास्पद केही गाडीहरुलाई नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक यादवले भने ‘आसपासका सिसीटिभीको सहायताले अनुसन्धान गरिरहेका छौं । सडकमा लाइट नभएर समस्या भएको छ ।’

मृतक महरा ढल्केवरस्थित रहेको मिथिला हार्डवेयरमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर