विशेष रिपोर्ट

सलमान खान पहिलो पटक आर्मीको भुमिका देखिदैँ

0 Shares मुम्बई— बलिउड सुपरस्टार सलमान खानले हालै रिलिज भएको ‘सिकन्दर’ पछि अर्को फिल्म आबद्द भएका छन् । उनीसँग कबीर खान र अली अब्बास जफरलगायत […]
[sharethis-inline-buttons]
सलमान खान पहिलो पटक आर्मीको भुमिका देखिदैँ
657
Shares

मुम्बई— बलिउड सुपरस्टार सलमान खानले हालै रिलिज भएको ‘सिकन्दर’ पछि अर्को फिल्म आबद्द भएका छन् ।


उनीसँग कबीर खान र अली अब्बास जफरलगायत धेरै निर्देशकहरूसँग वार्तामा रहेका छन् तर उनले अपूर्व लखियाको सेनामा आधारित फिल्मलाई पहिलो प्राथमिकता दिएका छन्।

समाचार अनुसार सलमान खान र अपूर्व पहिलो पटक भारत–चीनबीचको गलवान उपत्यकाको झडपलाई लिएर बनाउ खोजेको फिल्ममा काम गर्ने बताइएको छ । 

पिंकभिल्लाको पछिल्लो रिपोर्टका अनुसार यो फिल्म भारतको सबैभन्दा निडर ३ कथामा आधारित छ, जुन २०२० गलवान उपत्यकाको द्वन्द्वको पृष्ठभूमिमा आधारित छ।

‘अपूर्व लखिया र सलमान खान जुलाई २०२५ बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन्। यो लद्दाख र मुम्बईमा ७० दिनको अवधिमा छायांकन हुनेछ। यसमा सलमान खानले आफ्नो करियरमा पहिलो पटक पूर्ण फिल्ममा आर्मी अफिसरको भूमिका निर्वाह गर्न लागेका छन् र उनीसँगै युवा पुस्ताका अन्य ३ जना कलाकारहरू पनि सहभागी हुनेछन्,’ पिंकाभिल्लाको रिपोर्टमा भनिएको छ। तर, सो फिल्मको नाम भने अझै सार्बजनिक गरिसकिएको छैन ।


उता, लखिया बाहेक सलमान खान निर्देशक कबीर खानसँग पनि एक नयाँ फिल्मको बारेमा छलफल गरिरहेका छन्, जसले यसअघि ‘सुल्तान स्टार’ सँग एक था टाइगर (२०१२), बजरंगी भाइजान र ट्युबलाइट (२०१७) मा काम गरिसकेका छन । यद्यपि सलमानको इच्छा भए पनि यो जोडीको चौथो सहकार्य बजरंगी भाइजानः २ मा भने हुनेछैन।

‘कबिर खान सिक्वेलको विरुद्धमा छन् र बजरंगी भाइजानजस्तो क्लासिकलाई छुन चाहँदैनन्। उनले सलमानलाई मौलिक, लार्जर द लाइफ ड्रामा पिच गरेका छन्, र अभिनेताले अपूर्व लखियालाई फलोअपको रूपमा विचार गरिरहेका छन्, तर अहिले केही पनि पुष्टि भएको छैन्’  रिपोर्टमा थप भनिएको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर