धनुषा— चर्चित गायक विजय दासको ‘माघ महिनाके तिला सक्राइत’ गीत सार्वजनिक भएको छ ।
गायक दासकै शब्द र स्वर रहेको उक्त मगही गीतको भिडियो सोमवार अप्पन मिडिया नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा अरुण साफीले संगीत दिएका छन् ।
उक्त गीतको भिडियोमा चर्चित कलाकार प्रदिप सिंह, राजु सिंह, रामकिशोर महतो र अस्मिता सिंहले अभिनय गरेका छन् ।
करिश्मा इलेक्ट्रोनिक्स ढल्केवरले निर्माण गरेको उक्त म्युजिक भिडियाको उप निर्माता राममणी कुशवाहा रहेका छन् ।
भर्साटाइल गायकका रुपमा परिचित दासको एकपछि अर्को गीतले चर्चा बटुलिरहेको छ ।










