- फुलगेन मगही
ढल्केवर— राष्ट्रिय मगही भाषा सम्मेलन सम्पन्न भएको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१० मा भरत लाल महतोको संयोजकत्वमा राष्ट्रिय मगही सम्मेलन सम्पन्न भएको हो ।
बहुजन दिपक शहिद रामाश्रय रामको २६ औँ स्मृति दिवसको अवसरमा परिवर्तन संस्थाको आयोजना र वार्ड नम्बर –१० को आर्थिक सहयोगमा श्री महेन्द्र रत्न जगन्नाथ लक्ष्मिनिया मा.बि सितापुर सर्लाहीको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बरहथवा नगरपालिका नगरप्रमुख कल्पना कटुवाल, बिशिष्ठ अतिथि वार्ड नं. १० का वार्ड अध्यक्ष शर्मिला राम, मनाई महतो, उपेन्द्र दास, डा.बीर बहादुर महतो, लगायतका व्यक्तिहरु पानसमा दिप बालेर कार्यक्रमलाई उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मगही भाषाबिद् मनाई महतोले भन्ने मधेश प्रदेशमा मगही भाषा बोल्नेको जनसंख्या ४० लाख भए तापनि यस भाषालाई अहिलेसम्म उपेक्षितमा राखेको भनी उहाँ प्रदेश सरकार माथि आरोप समेत लगाए । उहाँले बोल्ने क्रमका भन्ने मगही भाषा छोडेर अन्य भाषा कामकाजी भाषाको रुपमा सिफारिस गर्न लागेकोले हामीहरुलाई अतिक्रमणकारी भाषा मान्य नहुने उहाँले जानकारी गराए । आफूहरु माथि भाषा अतिक्रमणकारीहरुले मगही भाषालाई अतिक्रमण गरी यस भाषालाई समाप्त गर्ने षडण्ंन्त्र रचेकोले मगही भाषाको भेग रुपमा अध्ययन, अनुसन्धान, र शोध हुनुपर्ने भनेर उहाँले जोडदार माग समेत उठाए ।
त्यसै क्रममा अर्कावक्ता बीर बहादुर महतोले भन्ने आफूहरुले बिगतको दिनमा जुन भाषालाई ठेठी, देहाती, खिचडी भन्ने भाषा नै मगही भाषा रहेको उनले तर्क गरे । साथै उनले जोडै मातृभाषा सिक्नकोे लागि कहि जानु पर्दैन जुन भाषा आमाको मुखबाट हामी सिक्छौ त्यही भाषा नै मातृभाषा हुन्छ । जुन देशमा भाषा समृद्धि छ, त्यो देश आफै समृद्ध रहेको उनले प्रस्टाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बरहथवा नगरप्रमुख कल्पना कटुवालले भनीन बरहथवा नगरपालिकामा मगही भाषा बोल्नेको संख्या उल्लेखय रहेको हुदा यस भाषा संरक्षण, सम्बद्र्धन गर्नका निम्ति यस नगरपालिकाले भरपूर सहयोग गर्ने भनेर प्रतिबद्धता जनाए ।
कार्यक्रमका सभापति हरिनन्दन अम्बेदकरले भन्ने यस कार्यक्रमले मगही भाषालाई संरक्षण सम्बद्र्धन हुनुको साथै समाजमा रहेको बिभिन्न जात पातको नामका हुने बिभेद र दमन बिरुद्ध सबैजना सजग र सचेत हुनका निम्ति आ–आफ्नो ठाउँबाट समाजमा चेतना जगाउनको लागि सकारात्मक भूमिका निर्वाह गर्नृपर्ने उनले बताए । रामाअश्रय रामको ईच्छा अनुसार समाज परिवर्तन हुनु जरुरी रहेको बताए ।
कार्यक्रममा बिभिन्न बिद्यालयबाट आएका २ दर्जन बिधार्थीहरु बीच कबिता बाचन गराएर प्रतिस्पर्धा भएको थियो । प्रथम, द्वितीय, तृतीय हुने बिधार्थीलाई मेडल, प्रमाण पत्र लगायत शिल्ड प्रदान गरेका थिए । मगही भाषाका साहित्यकार भूवनेश्वर महतो, डा.सियाराम कुशवाहा, मुरली प्रसाद यादव, श्रवण कापर, बेचन महतो लगायत स्थानीय, बिद्यार्थीहरु समेत उपस्थित रहेका थिए ।








