• फुलगेन मगही

दोलखाको सदरमुकाम चरिकोटमा पहिरोमा पुरिएका तीन बर्षीय बालकलाइ प्रहरीले जिवितै उद्धार गरेको छ ।

भिमेश्वर नगरपालिका–६ मैदानेमा दिउसो अबिरल वर्षा सँगै आएको पहिरोले आफ्नै घर पुर्दा राजकुमार भुजेल श्रीमान सहित उनको श्रीमती ३६ वर्षिय राधिका भुजेल र १५ वर्षिय छोरा सुजन भुजेलको मृत्यु भएको छ भने मृतक भुजेलका ३ वर्षिय छोरा युवराज भुजेललाई जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शत्रुधन महतोले जानकारी दिए ।

प्रहरीले पहिरोमा पुरिएका बालकको सकुशल उद्धार गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उक्त बालकलाइ सकुशल उद्धार गरेको हो । अहिले उक्त भिडियोमा प्रहरीको चौतर्फी प्रशंसा भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा नेपाल प्रहरीका इन्सपेक्टर शत्रुधन महतो उद्धार कार्यका नायक देखिएका छन् । तथापि उनले उद्धारमा खटिएका सबै सुरक्षाकर्मीको टोलीको सहयोगमा उद्धार गरिएको सञ्चार ब्यूरोलाइ प्रतिक्रिया दिएका छन् । केहीसमय अघिमात्रै प्रहरी निरीक्षकमा पदस्थापन भएका महतोलाई एकपछि अर्को सफलताक्रमले उनी प्रहरीका चम्किला ताराको रूपमा चर्चा पाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय