• फुलगेन मगही

ढल्केवर— समाजमा बढ्दो बिकृती र बिसङतीलाई निरुत्साहित गर्दै विकास निर्माणमा निगरानी बढाउन युवाहरु संगठित हुने क्रम बढ्दो छ । युवाहरु संगठन बनाएर सामाजिक क्रियाकलापमा सक्रिय हुन थालेका छन् ।

बुधवार मात्रै धनुषाको मिथिला नगरपालिकामा थप एक क्लवको समुद्घाटन गरिएको छ । मिथिला नगरपालिका वडा नम्बर–१ शिवनगर गितापुरमा बिषहरा युवा क्लवको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य हरिनारायण महतोले उक्त क्लवको उद्घाटन गरेका हुन् ।

क्लवको उद्घाटन गर्दै प्रदेशसभा सदस्य महतोले समाजलाई नेतृत्व गर्न र हरेक कुरालाई निगरानी गर्नको लागि क्लवको अहम भूमिका रहेको उल्लेख गरे । उनले सभ्य समाज निर्माणमा क्लवका सबैजना इमन्दारीता पूर्वक सक्रिय भूमिका निभाउन सुझाए । समाजमा रहेका कुरिती र बिसङतीलाई निरुत्साहित गर्नुका साथै भाषा संस्कृती संरक्षणका लागि युवा क्लवको स्थापना गरिएको क्लवका सचिव रामबाबु महतोले जानकारी दिए ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष बालेश्वर भारती महतोले क्लबलाई अगाडी बढाउनको लागि सबैको साथ सहयोगको आवश्यकता रहेको औल्याए । उनले सबैजनाको सल्लाह सुझावले मात्रै काम गर्ने प्रतिबद्धता जनाए ।

बिजय कुमार दासले सञ्चालन गरेको कार्यक्रममा मिथिला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बिहारी महतो, वडा नं ९ का वडाअध्यक्ष दिपकजंग थापा, क्लवका पदाधिकारी, समाजका विभिन्न तहतपकाका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय