#खानेपानीमा तपाईको उम्मेदवारी किन ?
लालगढ खानेपानी संस्थाको नाउँ नै हराउने गरी भइरहेको गतिविधि र क्रियाकलापहरुलाई निरुत्साहित पार्न । थिती र नियम अनुसारको संस्थालाई एउटा निकास दिन । संस्थालाई पार्दर्शी र चुस्तदुरुस्त बनाउन । लालगढ खानेपानीको गरिमा बढाउन र उपभोक्ताको खानेपानी आवश्यकतालाई आपूर्तीको ग्यारेण्टी गर्न मेरो र हाम्रो टिमको उम्मेदवारी हो ।

#कस्तो छ चुनावी माहोल ?
— माहोल राम्रो छ । रोचक छ । कांग्रेस, एमाले भनाउँदा दलहरुले दलगत हिसाबले नै प्यानल बनाएर चुनावमा होमिएका छन् । कतिपयले त गठबन्धन नै गरेका छन् । स्थानीय उपभोक्ताहरुको चुनावी तहमा राजनीतिक गन्ध ल्याइदिएर चुनाव रोचक बनेको छ । एक किसिमको यो बेतिथी हो ।

#अनि तपाईको प्यानल कस्तो छ नि ?
—यो हाम्रो प्यानल चाँही स्वतन्त्र युवाहरुको हो । बालेन स्टाइलले काम गर्न सकिन्छ कि । एउटा त्यो लेवलमा काम गर्न सकिन्छ कि भनेर हामी युवाहरुकै टिम बनाएर अघि बढेका छौं । शुद्ध खानेपानीबाट वञ्चित उपभोक्ताहरुको धारामा २४सै घण्टा पानी पु¥याउने हाम्रो मुख्य लक्ष्य हो । त्यही अनुसार चुनावी मैदानमा हामीले युवाहरुको शसक्त टिम तयार पारेका हौं । हाम्रो टिममा निश्पक्ष र निष्कलङ्कित युवाहरुको जमात छ ।

#उपभोक्ताले तपाईको प्यानललाई किन भोट दिने ?
— शुद्ध, स्वच्छ र नियमित खानेपानीका लागि । उपभोक्ता सम्पत्ती संरक्षणका लागि । संस्थाको आर्थिक पार्दर्शीताका लागि । खानेपानीको स्रोत सुनिश्चितताका लागि हामीलाई उपभोक्ताको साथ आवश्यक छ । मधेस प्रदेशकै नमुना खानेपानी संस्था बनाउने हाम्रो लक्ष्य र योजनामा उहाँहरुको अमूल्य मतको खाँचो छ । उहाँहरुको मतको सदुपयोग गर्ने जिम्मेवारी लिन अहिले हामीले काँध थापेका छौं । अहिलेको बेथिती अन्त्यका लागि हाम्रो विकल्प छैन जस्तो लाग्छ हामीलाई ?

#कस्तो बेथिती भन्न खोज्नुभएको ?
—हेर्नोस् ! जनता सक्षम चाँही भइसकेको छ । बुझ्ने भइसकेका छन् । उपभोक्ताले बुझ्न थालिसकेको छ । विगतमा खानेपानीमा भएको बेथिती र अनियमितताका विषयहरु जनता उपभोक्ताले बुझिसकेका छन् । तर पनि अहिलेको अवस्थामा यहाँका दुईटा प्यानलका उम्मेदवारहरुले उपभोक्ताको केही बक्यौता तिरेर मत प्रभावमा पारिरहेको खबर आइरहेको छ । त्यो ठुलो बेथिती हो । फेरी पनि बेथिती सुरु भएको छ । त्यो बेथिती हुनु हुँदैनथ्यो । त्यो बेथितीको विरुद्धमा हौं हामी । त्यस्तै बेथितीहरुको अन्त्यका लागि हामी अगाडी सरेका छौं । संस्थालाई बेथितीमुक्त बनाउन हामीले जिम्मेवारी लिन खोजेका छौं । यसमा जनता यहाँका उपभोक्ता सचेत हुन जरुरी छ । बेथितीलाई बढावा दिने तत्वलाई चिन्न जरुरी छ । त्यस्तालाई हामीले निरुत्साहित पार्नुपर्छ । हैन भने त्यस्ता तत्व र प्रवृतिले नेतृत्व पाए अहिले चुनावमा मत प्रभावमा पार्न खर्चिएको पैसा असुल्न संस्थालाई दाउमा राख्नेमा कुनै दुई मत छैन । अहिले यो सोच्ने बेला हो ।

#यस्तो अवस्थामा आफ्नो कतिको जीत देख्नुभएको छ ?
— निश्चित रुपमा हामीले उपभोक्ताको अत्यधिक मत पाएर जित्नेमा विश्वस्त छौं । जनता चेतनशील भएर परिवर्तनको पक्षमा हाम्रो स्वच्छ युवाहरुको टिमलाई मतदान गर्नेमा हामी ढुक्क छौं । हामीले बेथिती चिर्छौ भनेका छौं । विसंगतिलाई त्याग्छौं भनेका छौं । भ्रष्टाचारलाई निर्मुल पार्छौं भनेर हिँडेका छौं । पक्कै पनि हाम्रो जित भए ठाउँमै पुगेर भ्रष्टाचारलाई निर्मुल बनाउँछौं । यदी जित भएन, जनताले हामीलाई अनुमोदन गर्न सक्नुभएन र बेथितीमै अलमलिनु भयो भने जनताले पनि दुख पाउनेछ । त्यसको खबरदारी पक्कै हामी गर्छौं । पछि हट्दैनौं ।

#अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
— उपभोक्त समक्ष नमन गर्न चाहन्छु । बेथिती चिर्न र भ्रष्टाचार मुक्त बनाउनको लागि हाम्रो टिमलाई आँप चुनाव चिन्हमा मतदान गरेर अत्यधिक बहुमतले विजयी गराउन अनुरोध गर्न चाहन्छु । म प्रतिज्ञा गर्छु, पर्याप्त रुपमा शुद्ध, सुरक्षित र स्वच्छ खानेपानी घरघरै पु¥याउन कुनै कसर बाँकी राख्दिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय