काठमाडाैं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बुधवार) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । २१ फागुनमा नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले यही कार्यकालमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वर्षको पुस १० मा एमाले उनी तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । 

उनलाई सत्ता समीकरणमा रहेका ५ दलले विश्वासको मत दिने तयारी गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेकपा (एमाले)का ७६, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा (एकीकृत समाजवादी)का १० गरी १५१ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले पाउने निश्चित देखिएको छ । 

यसैगरी नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने तयारी गरेको छ । उद्यपि नागरिक उन्मुक्तिमा विश्वासको मत दिने/नदिनेबारे विवाद छ । अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत लिन ह्वीप जारी गरेकी छन् । तर, राउपाको रेशम चौधरी पक्षले भने प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । 

प्रतिनिधिसभामा २७५ जना सदस्य संख्या हुने प्रावधान छ । विश्वासको मत लिन बहुमत (आधाभन्दा धेरै) चाहिन्छ । यो आवश्यक संख्या १३८ हुन आउँछ । यसर्थ, प्रधानमन्त्रीका लागि जुटेको १५० बढी सिट आवश्यक स्पष्ट बहुमत हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय