काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्यले आफूलाई गम्भीर र दुःखी बनाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत शनिवार प्रधानमन्त्री प्रचण्डले शालिन मृत्युसम्बन्धी घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

केही दिन अघि चितवनको एकता शिशु निकेतन स्कुलको होस्टलमा १४ वर्षीया बालिका शालिन मृत फेला परेकी थिइन् । प्रधानमन्त्रीले घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘मृतावस्थामा फेलापरेकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ । घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु । घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Skip