फुलगेन मगही
ढल्केवर—
धनुषाको मिथिला नगरपालिका क्षेत्रमा पर्ने खोलाबाट इलाका प्रहरी कार्यालय ढल्केवरले झण्डै ८ लाख राजस्व उठाएको छ ।

ठेक्का नलागेको ती खोलाहरुमा प्रहरीले सक्रियता बढाउँदै अबैध उत्खननमा संलग्न सवारी साधन(ट्रायक्टर, टिफर, जेसिबि)लाई नियन्त्रणमा लिएर जरिवाना उठाएको हो ।

चालु आर्थिक वर्ष भदौ महिनादेखी फाल्गुन महिनाको अवधीमा उत्खन्नमा प्रयोग भएको सवारी साधनबाट जरिवाना वापत ७ लाख ७० हजार रुपैया राजस्व संकलन गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

ती सबै राजश्व मिथिला नगरपालिकाको कार्यलयमा र जिल्ला समन्वय समिति धनुषामा दाखिला गरेको प्रहरी निरिक्षक साहले सञ्चार ब्यूरोलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip