मेरो काकाको छोरा धनुषा जिल्ला प्रशासन कार्यालयमा नगरिताको कागजात मिलाउनका लागि ६ दिनदेखी दौड्दा दाउँडदै अन्तत कागजात सबै ठीक पार्यौ ।
आज मिति २०८०/३/२२ गते जब प्रिन्टमा गयो तब नगरिताको रेकर्डमा आमाको नाम सबित्री देवी लेखेको भेटियो र नगरितामा सावित्री देवी कायम छ । फरक छ रेकर्डमा स र नगरितामा सा भएकै कारण नगरिता प्रिन्ट रोकियो। यो कतिको जायज हो?
अब निर्णय गराएर आईतबार नगरिता दिने भनेको छ तब सम्म भाईलाई आश्वासन दिएर थमाएको छु। म विशेष कामले बाहिर भएको बेला फोनको माध्यमले मलाई जानकारी गराए।
अनाहकमा अस्ति मामा पाटीको, नाता प्रमाणित, नानाको डकुमेन्ट, मामाको स्थायी घरको विवरण सहित मुचुल्का सहित मगाउन लगाए भाई आतिएर मलाई भन्यो, दाई मेरो नागरिता दिन्छ कि मेरो आमाको ? म भाइलाई सम्झाउँदै भने भाई जति कागजात भन्छ सब ल्याईदेऊ पिर न मान, भाई जतिदिन दौडनु पर्छ दौड। मेरो कुरामा भाई अन्तमा सहमत भयो तर एउटा स र सा को अन्तरले फेरी एकदिन दौडने क्रम थपिएको छ । हेर्दै जाउ के हुन्छ यो सानो गलती कहिले सच्चिएर दिन्छ।
फुलगेन मगही
मगही भाषा तथा सामाजिक अभियन्ता








