संतोष साह
ढल्केवर, जेठ १६ गते ।

धनुषामा इनारमा खसेर एकजनाको मृत्यु भएको छ । इनारबाट मोटर निकाल्ने क्रममा खसेर धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरका ३६ बर्षीय घुरण यादवको मृत्युु भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मोटर निकाल्न इनार भित्र पसेका यादवलाई अक्सिजनको मात्रा कम भएर बेहोस भएका थिए । ‘बेहोस भएर इनारभित्र खसेको थाहापछि हामीले डोरीको मद्दतले निकाली रहेका थियौं । त्यतिकैमा अचानक डोरी हातबाट छुटेर उनी फेरी इनारभित्रै खस्यो,’ एक स्थानीयले भने ।

दोस्रो पटक खस्दा इनारमा ठोकिएर यादवको शरिरको विभिन्न भागमा गम्भीर चोटपटक लागेका थिए । स्थानीय र इलाका प्रहरी कार्यालय ढल्केवरको टोलीले उद्दार गरि उपचारका लागि लालगढ हस्पिटलमा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव पोष्टमाटमकम लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय