विशेष रिपोर्ट

व्यवसायी तथा समाजसेवी दिनेश महतोद्वारा सशस्त्र प्रहरीलाई सात कठ्ठा जग्गादान

657 Shares धनुषा— व्यवसायी तथा समाजसेवी दिनेश कुमार महतोले सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि सात कठ्ठा जग्गा दान गरेका छन् । समाजसेवी […]
[sharethis-inline-buttons]
व्यवसायी तथा समाजसेवी दिनेश महतोद्वारा सशस्त्र प्रहरीलाई सात कठ्ठा जग्गादान
657
Shares

धनुषा— व्यवसायी तथा समाजसेवी दिनेश कुमार महतोले सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि सात कठ्ठा जग्गा दान गरेका छन् ।

समाजसेवी महतोले सोमवार मालपोत कार्यालय धनुषामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजको नाममा रजिष्ट्रेसन गरेका हुन् ।

ढल्केवर–महेन्द्रनगर–जनकपुर सडक खण्डस्थित मिथिला नगरपालिका–२ ढल्केवरको कित्ता नम्बर ९३२, ९३३ को सात कठ्ठा जग्गा दान गरेका छन् ।

शान्ति सुरक्षा, अमनचयनका लागि क्रियाशिल सशस्त्र प्रहरी बल नेपालको नक्टाझिजस्थित सुरक्षा बेस क्याम्पको कार्यालय निर्माणका लागि व्यवसायी तथा समाजसेवी महतोले यसअघि जग्गा दान गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप सोमवार समाजसेवी महतोले जग्गा रजिष्ट्रेसन गरिदिएका हुन् ।

महतोलाई १६ औं शसस्त्र प्रहरी वार्षिक उत्सव २०८० को अवसरमा सशस्त्र प्रहरी नायव महानिरिक्षक दिपेन्द्र साहले कदर पत्र प्रदान गरेर सम्मान समेत गरेका थिए ।

महोत्तरीको भंगहा नगरपालिका—४ स्थायी घर भएका उद्योगी तथा दानवीर महतो समाजको विकासका लागि सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर