ढल्केवर— धनुषाको मिथिला नगरपालिकामा मौसमबारे जानकारी दिने उपकरण जडान गरिएको छ । नगरपालिकाको कार्यालय परिसरमा जडान गरिएको उपकरणले मौसम सम्बन्धि जानकारी दिने मिथिला नगरपालिकाका सूचना अधिकारी दिपेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार मौसम उपकरणले समान्यता बाहिरी र भित्रिको तापक्रम, वायुको चाप र दिशा, प्रकाश र वर्षाको अवस्थालगायत मौसम मापन गरेर सूचना प्रवाह गरिने छ ।

उपकरणले मौसमको पूर्वानुमान तथा जलवायु परिवर्तनबारे समेत सूचना प्रवाह गर्ने भएकाले विपद व्यवस्थापनको तयारीमा थप मद्दत पुग्ने मिथिला नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ७ का वडाध्यक्ष रामबहादुर स्याङ्दनले बताए । मौसम सम्बन्धी दिने पूर्व जानकारीले सचेतता अपनाएर सम्भावित क्षति पनि क मगर्न सकिने उनले विश्वास व्यक्त गरे ।

जडान गरिएको मौसम उपकरणले प्रत्येक दिन र प्रत्येक घण्टाको वर्षा, हावाहुरी, घाम, पानी, बादल, आद्रता तापक्रम मापन गरेर मोबाइल एपमार्फत जानकारी उपलब्ध गराउने जलवायु परिवर्तन तथा जिविकोपार्जन विज्ञ विराट पन्थले जानकारी दिए । ‘यो उपकरणले पाँच किलोमिटर एरियालाई कभर गर्छ’, उनले भने ।

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रूपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साझेदारीमा संचालित लिरीक परियोना अन्तर्गत जडान गरिएको परियोजनाको फिल्ड संयोजक पप्पु यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय