विशेष रिपोर्ट

जरायोको सिङ्गसहित धनुषाबाट दुईजना पक्राउ

0 Shares धनुषा— धनुषाबाट जरायोको ओखटेपहारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ वस्ने २० वर्षीय सोनुकुमार पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने […]
[sharethis-inline-buttons]
जरायोको सिङ्गसहित धनुषाबाट दुईजना पक्राउ
657
Shares

धनुषा— धनुषाबाट जरायोको ओखटेपहारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ वस्ने २० वर्षीय सोनुकुमार पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने २० वर्षिय रितेशकुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२४ स्थितमा वन्यजन्तुको ओखटेपहार खरिद विक्री हुन लागेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

उनीहरुलाई खानतलासी गर्दा जरायोको सिंह रातो खैरो रंगको तिन सिंगे १ थान र कालो रंगको दुई सिंगे १ थान गरी दुई थान काटिएको जरायोको सिंह र उनीहरुले प्रयोग गरेको ज ९ प २७३ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

पक्राउ परेको दुवैजनालाई आवश्यक कारवाहीका लागि शुक्रबार डिभिजन वन कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर