विशेष रिपोर्ट

धनुषामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

657 Shares ढल्केवर— धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ढल्केवर—जनकपुर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका–२ नक्टाझिजस्थित अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा […]
[sharethis-inline-buttons]
धनुषामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
फाइल तस्बिर
657
Shares

ढल्केवर— धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ढल्केवर—जनकपुर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका–२ नक्टाझिजस्थित अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका–७ किसाननगरका सन्जीव श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । उनका अनुसार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२प ३०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटनामा चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर