काठमाडाैं— सरकारले जेठ १ गते देखि लागू हुने गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । 

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार बिदा दिने निर्णय गरेको शिक्षा मन्त्री देवेन्द्र पाैडेलले जानकारी दिए ।  

उनका अनुसार कार्यालय समय पनि साढे ९ बजेदेखि साढे ५ सम्मको हुनेछ ।

सातामा एक दिन बिदा थपिँदा इन्धनमा हुने घाटामा कमी हुने सुझाव दिइएको थियो । 

नेपाल राष्ट्र बैंक र नेपाल आयल निगमले हप्तामा दुई दिन बिदा दिन सरकारलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip