सुर्खेत— मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ । 

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको हो । नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

 रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।

उनी सुर्खेतका निर्वाचित वडाअध्यक्षहरु मध्ये सबैभन्दा कान्छा वडा अध्यक्ष थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip