विशेष रिपोर्ट

मदिराको तालमा हँसिया प्रहार गरेर श्रीमतीको हत्या

657 Shares पर्वत— पर्वतको कुश्मा नगरपालिका–४, डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर […]
[sharethis-inline-buttons]
मदिराको तालमा हँसिया प्रहार गरेर श्रीमतीको हत्या
657
Shares

पर्वत— पर्वतको कुश्मा नगरपालिका–४, डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेको प्रहरीले जनाएको छ । 

शुक्रवार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । 

प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटनास्थलबाट खुर्पा (हँसिया) पनि नियन्त्रणमा लिएको छ ।

यसअघि पनि पटक–पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेका थिए । 

शुक्रवार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए ।

मृतकका एक छोरा र एक छोरी छन् । तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन् ।

शुक्रवार साँझमात्रै आफन्तले किटानी उजुरी दिएको र शनिवार उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर