विशेष रिपोर्ट

करेन्ट लागेर युवकको मृत्यु

657 Shares सर्लाही— सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिवार बागमती नगरपालिका–२ धरहरामा करेन्ट लागेर घर निर्माणको काम गर्ने बागमती नगरपालिका–८ शंंकरपुर […]
[sharethis-inline-buttons]
करेन्ट लागेर युवकको मृत्यु
सांकेतिक फोटो
657
Shares

सर्लाही— सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिवार बागमती नगरपालिका–२ धरहरामा करेन्ट लागेर घर निर्माणको काम गर्ने बागमती नगरपालिका–८ शंंकरपुर निवासी अन्दाजी २५ बर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

महतोलाई बचाउने क्रममा सोही स्थानका २१ बर्षीय दिपककुमार महतोे समेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

बागमती–२ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको शब परीक्षणको लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर