विशेष रिपोर्ट

सीके राउतदेखि विद्यार्थीको आन्दोलनसम्म सुरक्षा चुनौती

657 Shares काठमाडौं— केन्द्रीय सुरक्षा समितिको बैठकमा देशको वर्तमान सुरक्षा चुनौतीबारे छलफल भएको छ । यस्तै आगामी जेठमा प्रस्ताव गरिएको चुनावका सन्दर्भमा सुरक्षा योजना बनाउनेबारे […]
[sharethis-inline-buttons]
सीके राउतदेखि विद्यार्थीको आन्दोलनसम्म सुरक्षा चुनौती
657
Shares

काठमाडौं— केन्द्रीय सुरक्षा समितिको बैठकमा देशको वर्तमान सुरक्षा चुनौतीबारे छलफल भएको छ । यस्तै आगामी जेठमा प्रस्ताव गरिएको चुनावका सन्दर्भमा सुरक्षा योजना बनाउनेबारे पनि प्रारम्भिक छलफल भएको छ । 

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा अहिलेको अवस्थामा सीके राउतले किसानको नाममा तराई क्षेत्रमा जारी राखेको आन्दोलन, एमसीसीको विरोधमा विप्लवसहित विभिन्न पक्षले जारी राखेको आन्दोलन सुरक्षा चुनौतीको रुपमा रहेको ठहर गरिएको छ।  

यस्तै विद्यार्थीको आन्दोलनबाट उत्पन्न भएको सुरक्षा चुनौतिका साथै यी समग्र विषयमा प्रभावकारी रुपमा शान्ति सुरक्षा दिने विषयमा छलफल भएको बैठकपछि एक अधिकारीले जानकारी दिए । 

यस्तै स्थानीय तहको निर्वाचनमा थप जनशक्ति आवश्यक पर्ने भएकाले म्यादी भर्ना गर्नुपर्ने निष्कर्ष निकालिएको छ।  निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्रीलाई बुझाएको लिखित सुझावमा पनि म्यादी भर्ना गर्न सुझाव दिएको थियो । 

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए । साभारः रातोपाटी

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर