document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5406;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— सरकार सञ्चालन प्रभावकारी बनाउन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’को बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई प्रभावकारी बनाउन सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्ता साझेदार दलका शीर्ष नेताहरूको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि वरिष्ठ नेता पौडेलका अनुसार केन्द्रको संयन्त्रले सबै प्रदेश समितिलाई निर्देशन जारी गर्ने र सत्तारूढ दलका प्रदेश नेतृत्व सम्मिलित समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
पौडेलले भने, “सत्ता साझेदार दलका तर्फबाट साझा उम्मेदवार बनाइनुभएका साथीहरूलाई जिताउनका लागि केन्द्रबाट निर्देशन दिने र सातै प्रदेशमा पाँच दलका प्रतिनिधि रहेको समन्वय समिति गठन गरेर अघि बढ्ने निर्णय भएको छ ।”
साथै सत्तारूढ दलको केन्द्रीय नेतृत्वले पनि आफ्ना उम्मेदवारहरूलाई जिताउन सर्कुलर जारी गर्ने निर्णय भएको एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले बताए ।
नेता पौडेलका अनुसार राष्ट्रिय सभा निर्वाचनसँगै स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे पनि बैठकमा छलफल भएको छ । आउँदो माघ १२ गते राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदैछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।









