विशेष रिपोर्ट

प्रदेश २ : स्रोत नखुलेको ३८ लाख रकमसहित एक युवक पक्राउ

0 Shares धनुषा— धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय […]
[sharethis-inline-buttons]
प्रदेश २ : स्रोत नखुलेको ३८ लाख रकमसहित एक युवक पक्राउ

धनुषा— धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए ।

प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर