document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5385;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन ।
सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो ।
पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ । अध्यक्षको प्रत्यासी कोही पनि नहुँदा महाधिवेशनको पहिलो केन्द्र्रीय कमिटीको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन् ।
तर पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरहेको छ । महासचिवमा बर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ दाबेदारको रुपमा रहेका छन्।
१५ सदस्यीय पदाधिकारीमा अध्यक्षबाहेक बाँकी १४ जना पदाधिकारीको टुंगो लगाउन बाँकी रहेको छ । महाधिवेशनले २ सय ९९ जना केन्द्र्रीय सदस्यमध्ये अझै ६५ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
पहिलो केन्द्रीय कमिटीको बैठकले नै पदाधिकारीको टुंगो लगाउने तयार भए पनि नेता वर्षमान पुन चीनबाट उपचार गराएर स्वदेश फर्कने जानकारी गराएपछि बैठक केही दिनका लागि स्थगित गरिएको थियो ।
अब पुन स्वदेश फर्किएपछि मात्र माओवादीको केन्द्रीय कमिटीको बैठकको तय हुने बताइएको छ । मधुसूदन रायमाझीले नेपाल समाचारपत्रमा खबर छापेका छन् ।









