काठमाडौं— जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको  छ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै इन्द्रजित साफीले पुस २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रियस्तरको आन्दोलन गर्ने पनि उनले चेतावनी दिए । सरकारले जसरी भन्छ आफुहरु त्यसरी नै प्रस्तुत हुने पनि उनले बताए ।

उनले जबसम्म माग पुरा हुँदैन त्यतिबेलासम्म आन्दोलन जारी रहने बताए । एकपटक आफ्नो ठाउँमा उभिएर सोच्न पनि सरकारलाई आग्रह गरे ।

उनले मोटरसाइकलको लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिन पनि नागरिकता आवश्यक हुने भएकोले नागरिकता नभएकै कारण धेरै समस्या पाइरहेको सुनाए ।

२५ गतेदेखि संसद भवन घेराउ, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय घेराउ तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास घेराउ गर्नेलगायतका कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय